जुवा तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
काठमाडाैं | माघ १६, २०७९
काठमाडौं: काठमाडौंको विभिन्न स्थानमा तास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित बाल्टिन होटलबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय केदार खड्कासहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई नगद एक लाख ३३ हजार ५० रुपियाँ र तीन बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, काठमाडौं महानगरपालिका–९ बिजयचोकबाट तास खेलिरहेको अवस्थामा काठमाडौं कपन बस्ने अछाम साफे नगरपालिका–४ घर भएका ४० वर्षीय निरज शर्मासहित नौ जना पक्राउ परेका छन् ।
सोही ठाउँमा कोठा भाडा लिई निरज शर्माले जुवातास खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ८९ हजार ४८० रुपियाँ र दुई बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

